सिद्धलेक गाउँपालिकाको आयोजना तथा वडा नम्बर–३ स्थित डुमीडाँडाको अमरआदर्श माध्यमिक विद्यालयको संयोजनमा विद्यालय प्राङगणमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड कार्यक्रम २०८० सञ्चालन भएको थियो । उक्त कार्यक्रमको उद्घाटन सत्रमा बागमति प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको प्रमुख आतिथ्थतामा तथा सिद्धलेक गाउँपालिकाको अध्यक्ष परशुराम खतिवडाको अध्यक्षतामा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।
प्रतियोगितामा सत्यवती माविले ५ स्वर्ण, ६ रजत र ३ कास्य पदक जित्दै दोस्रो भएको छ ।त्यस्तै ५ स्वर्ण सहित नलाङ पात्ले मावि तेस्रो भएको छ । नलाङ पात्लेले ५ स्वर्ण,५ रजत र ५ कास्य पदक जितेको छ ।
चौथो भएको महाकाली माविले ४ स्वर्ण,४ रजत र २ कास्य पदक, पाँचौमा सिद्धेश्वर माविले ३ स्वर्ण, ३ रजत र ४ कास्य पदक, छैठौंमा सुन्दरी माविले २ स्वर्ण,२ रजत र १ कास्य पदक, सातौमा जलेश्वरी माविले १ स्वर्ण,१ रजत र २ कास्य पदक र आठौंमा बाघबच्छला माविले १ स्वर्ण,१ रजत र ४ कास्य पदक जितेको छ ।
यसैगरी नलाङ माविले २ रजत, कालिदेवी माविले १ रजत १ कास्य, नलाङ मोडेल एकेडेमीले १ रजत र १ कास्य पदक, अकलादेवी मावि १ कास्य र अमर आदर्श मावि १ कास्य जितेको छ।यस प्रतियोगितामा पञ्चमुखी माविले भने कुनै पदक जित्न सकेन।
प्रतियोगितामा बिजयी विद्यार्थी तथा विद्यालयहरुलाई बागमती प्रदेश सभा सदस्य मधु कुमार श्रेष्ठले शिल्ड,प्रमाणपत्र र मेडलद्धारा पुरस्कृत गर्नुभएको थियोे।प्रथम, द्धित्तिय र तृतिय हुनेलाई क्रमश नगद ३० हजार,२५ हजार र २० हजार प्रदान गरिएको छ। १ नीजी र १३ सरकारी गरी १४ वटा माध्यमिक विद्यालय सहभागि प्रतियोगितामा छात्र र छात्रा तर्फ भलिबल, कबड्डी, सटपुट, ज्याभ्लिन थ्रो, एथ्लेटिक्स,हाईजम्प, लङजम्प लगाएतका खेलमा प्रतिस्पर्धा गराईएको थियो ।
सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाको अध्यक्षतामा भएको समापन समारोहमा प्रदेश सभा सदस्य श्रेष्ठको प्रमुख आतिथ्य तथा गाउँपालिका उपाध्यक्ष सबिता अर्याल,सिद्धलेक वडा नम्बर ३ का वडाध्यक्ष देव बहादुर पुलामी, कार्यपालिका सदस्य, वडासदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो ।बुधबारबाट सुरुभएको उक्त खेल शनिवार सम्पन्न भएको थियो ।